संगीत तपाँई हामी सबैको जिवनको अभिन्न अंग हो भन्दा अत्युक्ति नहोला | संगीत मन नपराउने तपाँई हामी मध्य बिरलै हौंला | संगीत बिनाको जिवन कती निरस,एक्लो र कहालीलाग्दो होला कल्पना गर्दा पनि अत्यास लाग्छ | जब हामी लेकबेशीका सुसेलीहरु सुन्छौ,तपाँई हाम्रो भौतिक शरिर जहाँ भएपनि हाम्रो मन तुरुन्त हामी जन्मेको,हुर्के-बढेको,खेलेको,घुमेको गाउँघर,डाँडापाखा,नदीनाला,भञ्ज्याङ चौतारीहरुमा पुगिहाल्छ | जब हामी मायाले ओतप्रोत भएका संगीत सुन्न थाल्छौ,हामी हाम्रो मायालु वा मन पराएको व्यक्तीलाई आफ्नो आँखा वरिपरि घुमेको पाउँछौ | जब हामी राष्ट्रिय भावनाले ओतप्रोत भएका संगीत सुन्न थाल्छौ हामीलाई हाम्रो राष्ट्रप्रती अगाध स्नेह पलाएर आउँछ,हाम्रो रहत उम्
... Read more »
हरिवंश दाजु,दोश्रो बिहे गरेर मैले गल्ती गरें
कि भनेर हजुरले कत्ती पनि संकोच नमान्नुहोला किनभने हजुरले अरु केही नौलो
र आश्चर्यजनक काम नगरेर हजुरका लाखौं लाख सुभेच्छुकहरुले भने जस्तै आफ्नो
अदभुत कलाकारीतालाई नियमीतता दिनको लागि पनि एकजना जिवन संगीनीको आवश्यकता
थियो त्यहि पुरा गर्नु भएको हो | हजुर जस्तो स्थापित र लोकप्रिय कलाकारले
चाहेको भए जुनसुकै उमेरकी अबिवाहित केटीलाई पनि बिहे गर्न सक्नुहुन्थ्यो ...तर
त्यसो नगरेर हजुरले एक्लो जिवन बिताईरहेकी एकजना बिधवा सँग बिबाह गरेर
संकुचित भावनाले गाँजेको हाम्रो समाजलाई साँच्चिकै चुनौती
... Read more »
सबै ६०१ सभासदहरुलाई एउटै घान मा राखेर त म हेर्दिन किनभने मुख्य ४ दलका
शिर्ष नेताहरुद्वारा कतिपय देश,जनता,शान्ति र बिकाशका लागि समर्प्रित
सभासदहरुको भावनालाई ओझेलमा या अल्पमतमा पारिएको पनि हुनसक्छ | तर पनि ४
-४ बर्षसम्म जनतको रगत र पसिनासँग साटिएको
ढुकुटीसँग खेलेर जनतालाई केही उपलब्धि दिन नसक्दा जनताको लागि जे
गर्नुपर्थ्यो त्यो एकजना पनि सभासदले नगरेको देख्दा अब फेरि जनतासँग भोट
माग्न जानु तिनीहरुकालागि यहि कार्टुनमा देखाईको जस्तै "प्लाष्टिक सर्जरी"
नै उपयुक्त हो कि जस्तो लाग्छ मलाई पनि !!!
These videos were embedded from YouTube.Sometimes the uploader may delete the videos due to copyright claim by the movie team.I am sorry for the inconvenience if any problem occurred.