सम्पूर्ण देश महान चाडहरुको रमझममा रमाई रहेको बेला कतिपयलाई भने आँखामा झुसिलकिरा बिझेर ज्यादै नै सताउन थालेको छ | यो समयमा यत्रतत्र झुसिलकिराहरु पाईने भएकोले नै होला "जिल्ला आँखा उपचार केन्द्र बाग्लुङ "मा दैनिक २५-३०% सम्म यस्ता बिरामीहरु आउन थालेका छन | प्राय:जसो आँखाको ढकनीमा तथा कहिलेकाँही आँखाको सेतोभाग र पारदर्शक नानी (Cornea) मा बिझ्ने यस्ता झुसिलकिराका रौं यदि समयमै ननिकालेको खण्डमा आँखाको नानीमा घाउ हुन गै सदाका लागी दृष्टि गुम्ने पनि हुन सक्छ | त्यसैले आँखामा झुसिलकिरा बिझ्न नदिन साबधानी अपनाउने तथा झुसिलकिरा बिझिहालेमा तुरुन्त नजिकको आँखा अस्पताल वा आँखा उपचार केन्द्रमा गै आँखा जाँच गराउनुहोला |
लक्षणहरु :- ज्यादै आँखा बिझाउने,आँखा अचानक रातो हुने,आखाबाट आँशु बग्ने,उज्यालो प्रकाश वा सुर्यको किरणमा हेर्न गा-हो हुने,बच्चाहरुले आँखा ज्यादै मिच्ने,आँखाको ढकनीहरु सुन्निने,आँखा
... Read more »
आजको युग सुचना प्रविधिको हो ।
द्रुतदर र अकल्पनिय रुपमा सुचना प्रविधिमा भैरहेको बिकाशका कारण आज विश्व
दिनप्रतिदिन साँघुरिदै गैरहेको छ । सुचना प्रविधिका आश्चर्यजनक
उपलब्धीहरुमध्य कम्प्युटर सर्वश्रेष्ठ हो भन्ने कुरामा कसैको दूईमत नहोला ।
यत्र तत्र सर्वत्र प्रयोग भै रहेको कम्प्युटरको प्रयोग बिना हाम्रा
दिनप्रतिदिनका धेरै कार्य सम्पादन गर्न असम्भवप्राय छ । आर्थिक,राजनितीक,सामाजिक बिकाशमा अत्यन्तै पछि परेको
नेपाल पनि सुचना प्रविधिको विश्वब्यापीकरणको प्रभावबाट भने अछुतो रहन सकेको
छैन । नेपालका प्राय सबै सरकारी,गै-ह सरकारी तथा निजि संघ
संस्था,वित्तिय,स्वास्थ्य,शैक्षिक संस्थान आदीमा कम्प्युटरको प्रयोग दिन
प्रतिदिन बढ्दै गएको छ भने व्यक्तिगत रुपमा कम्प्युटर तथा इमेल इन्टरनेटको
प्रयोगकर्ताहरु पनि दिनप्रतिदिन बढ्दै गएका छन । जसरी कम्प्युटर
प्रयोगकर्ताहरु बढेका छन, त्यहि अनुपातमा उचित व्यबस्थापन तथा सतर्कताको
अभावमा कम्प्युटर प्रयोगकर्ताको आँखा स्वास्थ्यमा पनि प्रतिकूल असर पर्न
गएको देखिन्छ । त्यसैले प्रस्तुत छ,उचित व्यबस्थापन तथा सतर्कता बिना लामो
समय कम्प्युटरको प्रयोग गर्दा आँखामा हुन जाने समस्या " कम्प्युटर भिजन सिन्ड्रोम " (
Computer vision syndrome
)तथा त्यसको रोकथाम सम्बन्धि जानाकारी
:-
गर्मी समयमा
आँखामा हुने एलर्जी ( Spring Catarrh ) र यसको रोकथाम तथा उपचार
तपाँई हामी मध्य धेरैले
विशेष गरि गर्मी समयमा आँखा चिलाउने समस्याको बारेमा देखे,सुनेका वा भोगेका
हुन सक्छौ । विशेष गरि बच्चाहरुमा बढी देखा पर्ने यस्तो समस्या के कारणले
गर्दा हुन्छ र यसको रोकथाम तथा उपचार के हुन सक्छ भन्ने कुरा तपाँई हामी
कमैलाइ मात्र थाहा हुन सक्छ । त्यसैले प्रस्तुत छ,गर्मी समयमा आँखामा हुने
एलर्जी र यसको रोकथाम र उपचार बारेमा केही जानाकारी ।
१ ) परिचय
:- सामान्यतया विबिध बातावरणीय तत्व (
धुलो,हावा,धुवाँ र विशेषगरी घाम वा सुर्यको
किरण आदि )को प्रभावले आँखामा उत्पन्न हुने
प्रतिक्रिया ( Reaction ) लाई नै एलर्जी भनिन्छ । हुनत यि बाहेक अरु कारण
जस्तै आँखामा गलत औषधीको प्रयोग,रासायनिक पदार्थ सँगको संसर्ग,विषालु किरा
आदीको टोकाइ ( यस्ता कारणहरु धेरै हुन सक्छन )आदी को कारण बाट पनि आँखामा
एलर्जि हुन्छ । तर यहाँ गर्मी समयमा हुने एलर्जीको बारेमा मात्र जानाकारी
दिइएको छ । गर्मी समयमा हुने एलर्जीको मुख्य कारक तत्व भनेको प्रचण्ड
गर्मी,धुलो,सुख्खापन,घाँस वा फुलबाट निस्कने कणहरु आदी नै हुन ।
यस्तो एलर्जी दुबै आँखामा एकैसाथ हुन्छ ।
मानव आँखा आकारमा सानो भएतापनि यसको बिस्तृत
अध्ययन तथा अनुसन्धान गर्ने हो भने मानव शरिरका अन्य अंङ्ग प्रत्यङ्ग
भन्दा यसको बनोट तथा प्रकृति जटिल तथा असाधारण खालको छ । मेडिकल साईन्समा
धेरै अध्ययन तथा अनुसन्धान गरिने तथा पुस्तक प्रकाशित हुने अंङ्ग आँखा नै
हो ।प्रस्तुत छ मानव आँखा सम्बन्धि केहि रोचक तथ्यहरु
:-
* मानव शरिरको सबैभन्दा पातलो छाला आँखाको
ढकनीमा हुन्छ ।
* सामान्यतया मानव आँखा १२ देखि १६ पटक
प्रतिमिनेट झिम्किन्छ । बिभिन्न रोग तथा अवस्थामा यो दर घट्ने या बढ्ने हुन
सक्छ ।