बिक्रम सम्बत नेपाली क्यालेण्डर ( Nepali Calendar )
बिक्रम सम्बत नेपाली क्यालेण्डर जोग्रियन ( Gregorian )क्यालेण्डर भन्दा करिब ५६ बर्ष साढे ८ महिना छिटो छ । नेपाली नयाँ बर्ष जोग्रियन ( Gregorian )महिनाको मध्य April बाट शुरु हुन्छ । जोग्रियन ( Gregorian )महिनाको जस्तो नेपाली क्यालेण्डरका महिनाहरु पुर्व निर्धारित भने हुदैनन र बर्ष बर्ष मा फरक फरक हुन्छन भने महिनाहरु २९ दिन देखि ३२ दिन सम्मका हुन्छन । बिक्रम सम्बत क्यालेण्डर बिषेशगरि नेपाल र भारतमा धेरै प्रयोग गरिन्छ । त्यसै गरि इण्डोनेशिया,बगंलादेश,श्रीलंका,थाइलेण्ड र मलेशिया आदि देशमा पनि बिक्रम सम्बत क्यालेण्डरको प्रयोग गर्ने गरिएको पाइन्छ ।