आज बिहानै फेरि अर्को हृदयबिदारक हवाई दुर्घटनाको बारेमा सुन्नु प-यो | काठमान्डौंको त्रिभुवन अन्तराष्ट्रिय बिमानास्थलबाट १२ जना बिदेशी पर्यटक र ४ जना नेपाली यात्रु लिइ लुक्लाको लागि उडेको सिता एअरको डोर्नियर विमान बिहान ६ बजेर १७ मिनेट जाँदा त्रिभुवन विमानस्थल नजिकै मनोहरा खोला किनारमा दुर्घटना हुँदा चालक दलका ३ सदस्य सहित १९ जनाको मृत्यु भएको छ । समाचार श्रोतका अनुसार उडेको १ मिनेटमै बिमानमा खराबी उत्पन्न भएकोले चालकले मनोहरा खोला किनार सुकुम्बासी बस्ती नजिकैको खाली ठाउँमा विमान सकुशल अवतरण गराएका थिए तर बिमानमा लागेको आगोको कारण सबैले ज्यान गुमाउनु प-यो | राजनैतिक अस्थिरता र राजनैतिक अतिक्रमणले आकुल ब्याकुल बनेको नेपालमा यसरी पटक पटक बिदेशी पर्यटकहरुको ज्यानै जाने गरि भैरहेका हवाई दुर्घटनाहरु कम गर्ने प्रति सम्बन्धित निकायहरुको ध्यान पुग्न नसकेको कुरा आजको अर्को हवाई दुर्घटनाले पुष्टि गरेको छ | नेपालको प्राकृतिक सौन्दर्यतालाई सम्झेर नेपाल आउने बिदेशी पर्यटकहरु कतिञ्जेल यसरी हवाई दुर्घटनामा परि अकालमा ज्यान गुमाउन पर्ने हो ? दुर्घटना भन्ने कुरा कसैले जानी जानी गराउने नभएतापनि बिमानको अवस्था ठिक भए नभएको,मर्मत सम्भार गर्नु पर्ने नपर्ने आदी कुरा खुट्याई सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न त अवस्य सकिन्छ नि | यस्तो कुरामा सम्बन्धित निकायको ध्यान किन जान नसकेको होला | बिभिन्न नकारात्मक कुराहरुको उपाधी चुम्दै गएको नेपालले यस्तै हो भने "हवाई दुर्घटनाको देश" भन्ने उपाधी पाउन बेर छैन | यस्ता घटनाहरुबाट बिदेशी पर्यटकहरुले नेपाललाई असुरक्षित महसुस गरि नेपाल आउने क्रम नै रोकिदिए भने के होला नेपालको भविष्य ? कहाँ पुग्ला नेपालको अर्थतन्त्र ? त्यसैले नेपालको बढ्दो हवाई दुर्घटना कम गराउन सम्बन्धित निकायको बेलैमा ध्यान जाओस | दुर्घटनामा परि स्वर्गारोहण भएका सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनप्रती हार्दिक समबेदना व्यक्त गर्दछु |