Main » 2012»September»29 » नि:शूल्क आँखा शिबिर बस्ने बारे अत्यन्त जरुरी सुचना !!!
2:29 AM
नि:शूल्क आँखा शिबिर बस्ने बारे अत्यन्त जरुरी सुचना !!!
नेपाल
नेत्र ज्योति संघ जिल्ला शाखा बाग्लुङ्को आयोजना,हरिचौर आँखा क्लिनिक
सञ्चालन समितिको स्थानिय ब्यबस्थापन तथा हिमालय आँखा अस्पताल पोखरा र आँखा
उपचार केन्द्र बाग्लुङको प्राबिधिक सहयोगमा यहि असोज २० र २१ गते हरिचौर
प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर गल्कोटमा " नि:शूल्क आँखा अप्रेशन
शिबिर" हुने भएको छ | उक्त नि:शूल्क आँखा अप्रेशन शिबिरमा बिशेषत
मोतियाबिन्दुको अप्रेशन हुने भएकोले मौकाको फाईदा उठाउनुहुन सम्बन्धित
सबैमा हार्दिक अनुरोध गरिन्छ | बिशेषत यो क्षेत्रका महानुभावहरुले यो
सन्देश सेयर गरि सबैलाई सु-सुचित गर्ने कार्यमा सहयोग गरिदिनुहोला |
सर्जन : हिमालय आँखा अस्पताल घारिपाटन पोखराका मेडिकल डाइरेक्टर,बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा. ईन्द्रमान महर्जन |