Welcome Guest | RSS




Site menu
Section categories
News
Media
Eye Health
Personal opinions
Interesting
Current Affair's
Technology
Misc
Literature/Entertainment
Culture/Religion
Tips/Tricks
नेपाली राशिफल

© Nepali horoscope
Website Poll
नेपालमा जातीय नामबाट संघहरु निर्माण गरिनु आवश्यक छ कि छैन ?
Total of answers: 182
Statistics

Total online: 1
Guests: 1
Users: 0
Tags
Nepal Freeware Mount Machhapuchhre Business Ocular Disorder Phewa Taal Phewa Lake Ocular Disease Mount Fish tail Eye Health Ophthalmology calculator Human Eye Ophthalmology Facts Mount fishtail Free web stuffs Free web animations Kaski Annapurna Himalayan Range freeware software 3D Graphics Free file uploading animation Free File Hosting आँखा स्वास्थ्य मानव आँखा Desktop Cosmetic Tools Screensavers Free Screensaver maker Desktop Management Cosmetic Tools रोचक समसामयिक मेडिया Application Launcher technology मनोरञ्जन Freeware Desktop software कला साहित्य धर्म संस्कृति Nepali Ringtones Sworoop Raj Acharya न्यूज Anjana Gurung Anju Panta Facebook Nepali MP3 Ringtones misc Hindi mp3 Ringtone nature Nepali MP3 Ringtone Deepak Limbu Ramkrishna Dhakal Nepali Film National Madhav Prasad Ghimire Classical Old Tara Devi optical illusion 3d After Image 3gp video Dhamaal Mordern Uday Sotang Winter Wallpaper Desktop Wallpaper Graphics Creator icons Photoshop Frames Editor Medical Education Geography Freeware Business Software Freeware Accounting Software Kathmandu Surgical Eye Camp Myagdi Arthunge Baglung Kaligandaki River Parbat My creation wallpaper animal Abimal computer Inspirational Pictures Dhaulagiri Galeshwordham Kaligandaki Kusma mustang humor Inspirational
New Members

Aaroham Resort Male

Registration Date:- 2023-January-02

MERO NEPAL Female

Registration Date:- 2021-September-26

alghadir 4550 Female

Registration Date:- 2020-September-05

Paras Manii Khatiwada Female

Registration Date:- 2020-August-26

Santosh Adhikari Female

Registration Date:- 2020-May-18
What can I do 4 u
Main » 2010 » May » 29 » गर्मी समयमा आँखामा हुने एलर्जी ( Spring Catarrh ) र यसको रोकथाम तथा उपचार

9:26 PM
गर्मी समयमा आँखामा हुने एलर्जी ( Spring Catarrh ) र यसको रोकथाम तथा उपचार
गर्मी समयमा आँखामा हुने एलर्जी ( Spring Catarrh ) र यसको रोकथाम तथा उपचार

      तपाँई हामी मध्य धेरैले विशेष गरि गर्मी समयमा आँखा चिलाउने समस्याको बारेमा देखे,सुनेका वा भोगेका हुन सक्छौ । विशेष गरि बच्चाहरुमा बढी देखा पर्ने यस्तो समस्या के कारणले गर्दा हुन्छ र यसको रोकथाम तथा उपचार के हुन सक्छ भन्ने कुरा तपाँई हामी कमैलाइ मात्र थाहा हुन सक्छ । त्यसैले प्रस्तुत छ,गर्मी समयमा आँखामा हुने एलर्जी र यसको रोकथाम र उपचार बारेमा केही जानाकारी ।

१ ) परिचय :- सामान्यतया विबिध बातावरणीय तत्व ( धुलो,हावा,धुवाँ र विशेषगरी घाम वा सुर्यको किरण आदि )को प्रभावले आँखामा उत्पन्न हुने प्रतिक्रिया ( Reaction ) लाई नै एलर्जी भनिन्छ । हुनत यि बाहेक अरु कारण जस्तै आँखामा गलत औषधीको प्रयोग,रासायनिक पदार्थ सँगको संसर्ग,विषालु किरा आदीको टोकाइ ( यस्ता कारणहरु धेरै हुन सक्छन )आदी को कारण बाट पनि आँखामा एलर्जि हुन्छ । तर यहाँ गर्मी समयमा हुने एलर्जीको बारेमा मात्र जानाकारी दिइएको छ । गर्मी समयमा हुने एलर्जीको मुख्य कारक तत्व भनेको प्रचण्ड गर्मी,धुलो,सुख्खापन,घाँस वा फुलबाट निस्कने कणहरु आदी नै हुन  । यस्तो एलर्जी दुबै आँखामा एकैसाथ हुन्छ ।


२ ) कारक तत्वहरु:-

   I ) उमेर र लिङ्ग :- सामान्यतया ४ बर्ष देखि २० बर्षसम्म र केटिलाइ भन्दा केटालाइ बढी हुने ।
  II ) मौसम :- सामान्यतया गर्मी मौसममा बढी हुन्छ ।
 III ) हावापानी :- गर्मी हावापानी हुने ठाउँमा एकदमै बढी हुने र जाडो हावापानी हुने ठाउँमा हुदै नहुने वा अत्यन्तै न्यून हुने ।

३ ) लक्षणहरु :- ज्यादै आँखा चिलाउने,आँखा रातो हुने,आँखा बिझाउने,आँखाबाट आँशु आउने,आँखाबाट धागो जस्तो चिप्रा आउने,आँखा सुख्खा हुने,सामान्यभन्दा घाममा हेर्न गार्‍हो हुने,ढकनी गर्‍हौं हुने आदी ।


४ ) प्रमुख चिन्हहरु :-
    I ) आँखाको ढकनीको भित्र पट्टी टम्म मिलेका र केहि माथी
Spring Catarrh उठेका मसिना दानाहरु ( Papillae )देखिन्छन जुन सामान्य अवस्थामा माइक्रोस्कोपको प्रयोगबाट र जटिल अवस्थामा माइक्रोस्कोपको प्रयोगबिना नै नाङ्गो आँखाले पनि देख्न सकिन्छ । समयमै उपचार भएन भने यस्ता दानाले आँखाको पारदर्शक कर्निया ( बोलीचालीको भाषामा कालो नानी ) ( Cornea )मा रगडेर घाउहरु पनि बनाउन सक्छन र उक्त घाउहरु पछि निको हुँदा पारदर्शक कर्नियामा दाग पनि बन्न सक्ने र उक्त दागहरुको कारण आँखाको दृष्टि क्षमतामा र्‍हास आउन सक्छ ।
  
   II ) आँखाको सेतो भाग र कालो नानी (Cornea ) जोडिएको भाग ( प्राय
Spring Catarrh जसो माथिल्लो ) मा सेतो पत्र जमे जस्तो (Gelatinous limbal membrane )र त्यसमा मसिना बिविराहरु ( Tranta's spot ) देखिन सक्छन ।

  III ) आँखाको देखिने सेतो भाग ( कालो नानी देखि दाँया र बाँया )मा प्रायजसो  त्रिकोणात्मक आकारमा खैरो खालको रातोपन ( Duski red triangular congestion ) देखिन्छ । यसले गर्दा आँखाको प्राकृतिक सेतोपनामा र्‍हास आएको हुन्छ ।

 ५ ) उपचार :-
   I ) यसबाट उत्पन्न हुन सक्ने जटिलताबाट बच्न जुनसुकै अवस्थाको एलर्जीमा पनि नेत्ररोग विशेषज्ञ वा नेत्र चिकित्सक ( सहायक )सँग जाँच गराइ उपयुक्त औषधोपचार तथा परामर्श लिइ सो अनुसार गर्न,गराउन जरुरी हुन्छ ।
  II ) आँखाको ढकनीको पछाडी पट्टी देखापर्ने दानाहरु धेरै ठूला भएमा शल्यक्रिया वा सुइको प्रयोगबाट हटाउन पर्ने हुन सक्छ ।

६ ) रोकथामका उपायहरु :-

 I ) कालो चस्माको प्रयोग गर्ने,गराउने ।
 II ) चिसो पानी वा बरफमा सफा रुमाल भिजाइ बाहिरबाटै आँखा सेक्ने ।
III ) बच्चाहरुलाइ धेरै गर्मी वा धुलोमा खेल्न नदिने ।
 IV ) बच्चाहरुलाइ छाते टोपी वा ह्याट ( Hat )लगाइदिने ।
  V ) आवश्यकता अनुसार गर्मी क्षेत्रबाट चिसो क्षेत्रमा स्थानान्तरण गर्ने गराउने आदी ।



पूनश्च: यो समस्या विशेष गरि बच्चाहरुमा करिव २०-२५ बर्षको उमेरसम्म प्रत्येक बर्ष गर्मी मौसम लागेपछि दुबै आँखामा देखिन्छ । तसर्थ यसको जटिलताहरु बाट बच्न रोकथामका उपर्युक्त उपायहरु अपनाउनुका साथै समयमै नेत्ररोग बिशेषज्ञ वा नेत्र चिकित्सकसँग जचाइ उपयुक्त औषधोपचार तथा परामर्श लिइ सो अनुसार गरौं गराऔं ।

 

Category: Eye Health | Views: 2742 | Added by: bijayapaudel | Tags: Allergy, मानव आँखा, Spring Catarrh, Ocular Disease, Ocular Disorder, VKC, Eye, आँखा स्वास्थ्य | Rating: 4.4/9

loading...
Related Entries


Comments



:

Sponsors
Search
Login to This Site
Welcome, Guest!

Nepali Calendar


© Nepali Panchang
आजको दिन
नेपाली रेडियो
Banner Exchange



Copy the code below and paste wherever in your page you want banner to be appeared.

If you want your banner to be appeared in this website,feel free to Contact me including your banner code.
Calendar
«  May 2010  »
Su Mo Tu We Th Fr Sa
      1
2345678
9101112131415
16171819202122
23242526272829
3031
My Other Sites
  • bijaya.webs.com
  • Entries
    Listen Songs
    Shout Box
    300
    Date Converter
    Weight Loss Tips
    loading...
    Copyright Bijaya Paudel Beni-6 Myagdi Nepal© 2026