Main » 2010»May»29 » गर्मी समयमा आँखामा हुने एलर्जी ( Spring Catarrh ) र यसको रोकथाम तथा उपचार
9:26 PM
गर्मी समयमा आँखामा हुने एलर्जी ( Spring Catarrh ) र यसको रोकथाम तथा उपचार
गर्मी समयमा
आँखामा हुने एलर्जी ( Spring Catarrh ) र यसको रोकथाम तथा उपचार
तपाँई हामी मध्य धेरैले
विशेष गरि गर्मी समयमा आँखा चिलाउने समस्याको बारेमा देखे,सुनेका वा भोगेका
हुन सक्छौ । विशेष गरि बच्चाहरुमा बढी देखा पर्ने यस्तो समस्या के कारणले
गर्दा हुन्छ र यसको रोकथाम तथा उपचार के हुन सक्छ भन्ने कुरा तपाँई हामी
कमैलाइ मात्र थाहा हुन सक्छ । त्यसैले प्रस्तुत छ,गर्मी समयमा आँखामा हुने
एलर्जी र यसको रोकथाम र उपचार बारेमा केही जानाकारी ।
१ ) परिचय
:- सामान्यतया विबिध बातावरणीय तत्व (
धुलो,हावा,धुवाँ र विशेषगरी घाम वा सुर्यको
किरण आदि )को प्रभावले आँखामा उत्पन्न हुने
प्रतिक्रिया ( Reaction ) लाई नै एलर्जी भनिन्छ । हुनत यि बाहेक अरु कारण
जस्तै आँखामा गलत औषधीको प्रयोग,रासायनिक पदार्थ सँगको संसर्ग,विषालु किरा
आदीको टोकाइ ( यस्ता कारणहरु धेरै हुन सक्छन )आदी को कारण बाट पनि आँखामा
एलर्जि हुन्छ । तर यहाँ गर्मी समयमा हुने एलर्जीको बारेमा मात्र जानाकारी
दिइएको छ । गर्मी समयमा हुने एलर्जीको मुख्य कारक तत्व भनेको प्रचण्ड
गर्मी,धुलो,सुख्खापन,घाँस वा फुलबाट निस्कने कणहरु आदी नै हुन ।
यस्तो एलर्जी दुबै आँखामा एकैसाथ हुन्छ ।
२ ) कारक
तत्वहरु:- I ) उमेर र लिङ्ग
:- सामान्यतया ४ बर्ष देखि २० बर्षसम्म र
केटिलाइ भन्दा केटालाइ बढी हुने । II ) मौसम
:- सामान्यतया गर्मी मौसममा बढी हुन्छ
। III ) हावापानी
:- गर्मी हावापानी हुने ठाउँमा एकदमै बढी
हुने र जाडो हावापानी हुने ठाउँमा हुदै नहुने वा अत्यन्तै न्यून हुने
। ३ ) लक्षणहरु
:- ज्यादै आँखा चिलाउने,आँखा रातो हुने,आँखा
बिझाउने,आँखाबाट आँशु आउने,आँखाबाट धागो जस्तो चिप्रा आउने,आँखा सुख्खा
हुने,सामान्यभन्दा घाममा हेर्न गार्हो हुने,ढकनी गर्हौं हुने आदी
।
४ ) प्रमुख
चिन्हहरु
:-
I ) आँखाको ढकनीको भित्र पट्टी टम्म मिलेका र केहि
माथी उठेका मसिना दानाहरु (
Papillae )देखिन्छन जुन सामान्य अवस्थामा माइक्रोस्कोपको प्रयोगबाट र जटिल
अवस्थामा माइक्रोस्कोपको प्रयोगबिना नै नाङ्गो आँखाले पनि देख्न सकिन्छ ।
समयमै उपचार भएन भने यस्ता दानाले आँखाको पारदर्शक कर्निया ( बोलीचालीको
भाषामा कालो नानी ) ( Cornea )मा रगडेर घाउहरु पनि बनाउन सक्छन र उक्त
घाउहरु पछि निको हुँदा पारदर्शक कर्नियामा दाग पनि बन्न सक्ने र उक्त
दागहरुको कारण आँखाको दृष्टि क्षमतामा र्हास आउन सक्छ
।
II )
आँखाको सेतो भाग र कालो नानी (Cornea ) जोडिएको भाग (
प्राय जसो माथिल्लो ) मा सेतो
पत्र जमे जस्तो (Gelatinous limbal membrane )र त्यसमा मसिना बिविराहरु (
Tranta's spot ) देखिन सक्छन ।
III ) आँखाको
देखिने सेतो भाग ( कालो नानी देखि दाँया र बाँया )मा प्रायजसो
त्रिकोणात्मक आकारमा खैरो खालको रातोपन ( Duski red triangular congestion )
देखिन्छ । यसले गर्दा आँखाको प्राकृतिक सेतोपनामा र्हास आएको हुन्छ
।
५ ) उपचार
:- I ) यसबाट
उत्पन्न हुन सक्ने जटिलताबाट बच्न जुनसुकै अवस्थाको एलर्जीमा पनि नेत्ररोग
विशेषज्ञ वा नेत्र चिकित्सक ( सहायक )सँग जाँच गराइ उपयुक्त औषधोपचार तथा
परामर्श लिइ सो अनुसार गर्न,गराउन जरुरी हुन्छ । II )
आँखाको ढकनीको पछाडी पट्टी देखापर्ने दानाहरु धेरै ठूला भएमा शल्यक्रिया वा
सुइको प्रयोगबाट हटाउन पर्ने हुन सक्छ
।
६ ) रोकथामका उपायहरु
:-
I )
कालो चस्माको प्रयोग गर्ने,गराउने । II ) चिसो पानी वा
बरफमा सफा रुमाल भिजाइ बाहिरबाटै आँखा सेक्ने । III ) बच्चाहरुलाइ
धेरै गर्मी वा धुलोमा खेल्न नदिने । IV ) बच्चाहरुलाइ
छाते टोपी वा ह्याट ( Hat )लगाइदिने । V ) आवश्यकता
अनुसार गर्मी क्षेत्रबाट चिसो क्षेत्रमा स्थानान्तरण गर्ने गराउने आदी
।
पूनश्च:
यो समस्या विशेष गरि बच्चाहरुमा
करिव २०-२५ बर्षको उमेरसम्म प्रत्येक बर्ष गर्मी मौसम लागेपछि दुबै आँखामा
देखिन्छ । तसर्थ यसको जटिलताहरु बाट बच्न रोकथामका उपर्युक्त उपायहरु
अपनाउनुका साथै समयमै नेत्ररोग बिशेषज्ञ वा नेत्र चिकित्सकसँग जचाइ उपयुक्त
औषधोपचार तथा परामर्श लिइ सो अनुसार गरौं गराऔं
।