Main » 2012»June»22 » सुप्रसिद्ध कलाकार हरिवंश आचार्यलाई उहाँको सुखद दाम्पत्य जिवनको शुभकामना !!
5:15 AM
सुप्रसिद्ध कलाकार हरिवंश आचार्यलाई उहाँको सुखद दाम्पत्य जिवनको शुभकामना !!
हरिवंश दाजु,दोश्रो बिहे गरेर मैले गल्ती गरें
कि भनेर हजुरले कत्ती पनि संकोच नमान्नुहोला किनभने हजुरले अरु केही नौलो
र आश्चर्यजनक काम नगरेर हजुरका लाखौं लाख सुभेच्छुकहरुले भने जस्तै आफ्नो
अदभुत कलाकारीतालाई नियमीतता दिनको लागि पनि एकजना जिवन संगीनीको आवश्यकता
थियो त्यहि पुरा गर्नु भएको हो | हजुर जस्तो स्थापित र लोकप्रिय कलाकारले
चाहेको भए जुनसुकै उमेरकी अबिवाहित केटीलाई पनि बिहे गर्न सक्नुहुन्थ्यो ...तर
त्यसो नगरेर हजुरले एक्लो जिवन बिताईरहेकी एकजना बिधवा सँग बिबाह गरेर
संकुचित भावनाले गाँजेको हाम्रो समाजलाई साँच्चिकै चुनौती दिनुभएको छ |
हजुरको यो कदमप्रति कुरा काट्नेहरु त अबश्य निस्कनेछन किनभने हाम्रो यो
समाजमा अरुका कुरा काटेर आफ्नो दिनचर्या गर्नेहरुको जमात पनि छ | हजुर
यौटा सेलिब्रेटी भएको कारण चाँहिदो न-चाँहिदो लाञ्छाना लगाएर आफ्नो अभिष्ट
पुरा गर्नेहरु पनि पाउन सकिन्छ हाम्रो समाजमा | यस्ता कुराहरुबाट कत्ति
पनि बिचलित नभइ कलाकारीता मार्फत देश र जनताप्रती गर्दै आउनु भएको
समर्पणलाई अझै उचाईमा पु-याउनुहोला | हजुरको यस्तो अनुकरणीय कार्यको
मुक्तकण्ठले प्रशंसा गर्दै हजुरको सुखद दाम्पत्य जिवनको लाखौं लाख
शुभकामना !!!!