संगीत तपाँई हामी सबैको जिवनको अभिन्न अंग हो भन्दा अत्युक्ति नहोला | संगीत मन नपराउने तपाँई हामी मध्य बिरलै हौंला | संगीत बिनाको जिवन कती निरस,एक्लो र कहालीलाग्दो होला कल्पना गर्दा पनि अत्यास लाग्छ | जब हामी लेकबेशीका सुसेलीहरु सुन्छौ,तपाँई हाम्रो भौतिक शरिर जहाँ भएपनि हाम्रो मन तुरुन्त हामी जन्मेको,हुर्के-बढेको,खेलेको,घुमेको गाउँघर,डाँडापाखा,नदीनाला,भञ्ज्याङ चौतारीहरुमा पुगिहाल्छ | जब हामी मायाले ओतप्रोत भएका संगीत सुन्न थाल्छौ,हामी हाम्रो मायालु वा मन पराएको व्यक्तीलाई आफ्नो आँखा वरिपरि घुमेको पाउँछौ | जब हामी राष्ट्रिय भावनाले ओतप्रोत भएका संगीत सुन्न थाल्छौ हामीलाई हाम्रो राष्ट्रप्रती अगाध स्नेह पलाएर आउँछ,हाम्रो रहत उम्ले जस्तो हुन्छ | "Gloomy Sunday " नामक गीत सुनेर हजारौंले आत्महत्या गरेको कुरा पनि तपाँई हामीलाई थाहा भएकै कुरा हो | समग्रमा के भन्न सकिन्छ भने संगीतको मनोबिज्ञानसँग गहिरो सम्बन्ध छ |
संगीतले यस्तै मनोबैज्ञानिक प्रभाव पार्ने कारणले होला एकजना जापानी बैज्ञानिक "हिडेतो तोमाबेकी" ले महिलाको स्तनको आकारमा बृद्धि गर्ने संगीत (रिङ्टोन)बनाएको जनाएका छन | बच्चा रोएको जस्तो आवाज आउने उक्त रिङटोनले महिलामा मनोबैज्ञानिक प्रभाव गरि महिलाको स्तनमा बृद्धि गर्ने उनको दाबी छ | उनका अनुसार महिलाले आफ्नो स्तनमा बृद्धि गर्नको लागि यो रिङटोन मोबाईलमा राखेर पटक पटक गरि सुन्नु पर्ने हुन्छ | यति मात्र नभएर उनले स्मरणशक्ती बढाउने,शारिरीक आकर्षण बढाउने,बिपरित लिङ्गी तर्फ आकर्षण बढाउने तथा चुरोट लगाएतका अम्मलहरु छुटाउने लगाएतका रिङ्टोनहरु समेत तयार पारेको जनाएका छन | यदि उनको दाबी सत्य हो भने शारिरीक आकर्षण बढाउन चाहाने सबैलाई राम्रै हुनेछ |
तपाईहरु कसैलाई महिलाको स्तन बढाउने रिङटोन सुन्न या प्रयोग गरि हेर्न मन भएमा यो पेज https://www.facebook.com/bijayadoam "Like" गरि "message" पठाउनुहोला म " Link" उपलब्ध गराईदिनेछु |