बिजया दशमी २०६९ को पावन अवसरमा सम्पूर्ण मान्यजन,आत्मीय मित्रहरु,प्रशंसकहरु,सुभेच्छुकहरु तथा जसजसले यो पढ्नुहुँदैछ सबैमा सुख,शान्ति,समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु |असत्यमाथी सत्यको बिजयको प्रतिकको रुपमा १५ दिन सम्म धुमधामसँग मनाईने यो पर्वले हाम्रो समाजमा व्याप्त बिकृती,बिसंगती,भ्रष्टाचार,अराजकता,असमानता जस्ता अनेकन बाधा अड्चनलाई निरुत्साहित गर्दै शान्त,समृद्ध,सभ्य,सु-संस्कृत,न्यायपूर्ण तथा समतामुलक समाजको निर्माण गर्ने दिशामा सबैलाई अभिप्रेरित गरोस | बास्तवमा हामी नेपालीहरु धर्म, संस्कृती को क्षेत्रमा धेरै धनी छौ | हाम्रो देशलाई अन्य क्षेत्रमा पनि त्यसरी नै समृद्ध बनाउने दिशामा हामी सम्पूर्ण नेपालीहरु लाग्न सकौं |आफ्नो औकात बिर्सेर कसैको
... Read more »
इन्टरनेटको दुनियाँमा खर्चिने सयौं Click हरु बाट दैनिक मात्र २०-२५ Click सिएनएन हिरोको उत्कृष्ट दशमा पर्न सफल नेपाली चेली "पुष्पा बस्नेत" लाई छुट्याई उनको असामान्य र उत्कृष्ट कदमलाई थप हौंसला दिई नेपाल र नेपालीहरुलाई विश्वमा चिनाऔँ | तपाँईले आफ्नो एउटा फेसबुक आइडी बाट दैनिक १० भोट गर्न पाउनु हुन्छ त्यस्तै आफ्नो एउटा इमेल आइडी बाट दैनिक १० भोट गर्न पाउनुहुन्छ | यदि तपाँइसँग एकभन्दा बढि फेसबुक आइडी र इमेल आइडीहरु छन भने त्यति नै अनुपातमा भोट गर्न पाउनुहुन्छ |
भोटिङ को म्याद सकिने मिती २०१२ नोभेम्बर २८ अर्थात २०६९ मंसीर १३ गते रातको ११:५९ बजेसम्म मात्र |