Main » 2012»October»19 » बिजया दशमी २०६९ को सबैमा हार्दिक मंगलमय शुभकामना !!!
0:13 AM
बिजया दशमी २०६९ को सबैमा हार्दिक मंगलमय शुभकामना !!!
बिजया दशमी २०६९ को पावन अवसरमा सम्पूर्ण मान्यजन,आत्मीय मित्रहरु,प्रशंसकहरु,सुभेच्छुकहरु तथा जसजसले यो पढ्नुहुँदैछ सबैमा सुख,शान्ति,समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु |असत्यमाथी सत्यको बिजयको प्रतिकको रुपमा १५ दिन सम्म धुमधामसँग मनाईने यो पर्वले हाम्रो समाजमा व्याप्त बिकृती,बिसंगती,भ्रष्टाचार,अराजकता,असमानता जस्ता अनेकन बाधा अड्चनलाई निरुत्साहित गर्दै शान्त,समृद्ध,सभ्य,सु-संस्कृत,न्यायपूर्ण तथा समतामुलक समाजको निर्माण गर्ने दिशामा सबैलाई अभिप्रेरित गरोस | बास्तवमा हामी नेपालीहरु धर्म, संस्कृती को क्षेत्रमा धेरै धनी छौ | हाम्रो देशलाई अन्य क्षेत्रमा पनि त्यसरी नै समृद्ध बनाउने दिशामा हामी सम्पूर्ण नेपालीहरु लाग्न सकौं |आफ्नो औकात बिर्सेर कसैको देखासिकीमा दशैंलाई दशा बनाउने भन्दा पनि एकापसमा माया प्रेम र भातृत्वको बिकाश गर्ने गरि दशैं मनाऔ | दुर्गामाताले नेपाल र नेपालीहरुलाई मात्र नभएर सम्पूर्ण विश्वलाई कल्याण गरुन !!!