सम्पूर्ण देश महान चाडहरुको रमझममा रमाई रहेको बेला कतिपयलाई भने आँखामा झुसिलकिरा बिझेर ज्यादै नै सताउन थालेको छ | यो समयमा यत्रतत्र झुसिलकिराहरु पाईने भएकोले नै होला "जिल्ला आँखा उपचार केन्द्र बाग्लुङ "मा दैनिक २५-३०% सम्म यस्ता बिरामीहरु आउन थालेका छन | प्राय:जसो आँखाको ढकनीमा तथा कहिलेकाँही आँखाको सेतोभाग र पारदर्शक नानी (Cornea) मा बिझ्ने यस्ता झुसिलकिराका रौं यदि समयमै ननिकालेको खण्डमा आँखाको नानीमा घाउ हुन गै सदाका लागी दृष्टि गुम्ने पनि हुन सक्छ | त्यसैले आँखामा झुसिलकिरा बिझ्न नदिन साबधानी अपनाउने तथा झुसिलकिरा बिझिहालेमा तुरुन्त नजिकको आँखा अस्पताल वा आँखा उपचार केन्द्रमा गै आँखा जाँच गराउनुहोला |
लक्षणहरु :- ज्यादै आँखा बिझाउने,आँखा अचानक रातो हुने,आखाबाट आँशु बग्ने,उज्यालो प्रकाश वा सुर्यको किरणमा हेर्न गा-हो हुने,बच्चाहरुले आँखा ज्यादै मिच्ने,आँखाको ढकनीहरु सुन्निने,आँखा
... Read more »