Main » 2012»July»27 » "राधा उपन्यास"-(Radha- by Krishna Dharabasi)
8:41 AM
"राधा उपन्यास"-(Radha- by Krishna Dharabasi)
कृति : राधा बिधा : उपन्यास लेखक : कृष्ण धराबासी प्रस्तोता : अच्युत घिमिरे श्रोत : उज्यालो ९० नेटवर्क को रात्री प्रस्तुती "श्रुती सम्बेग"
उज्यालो ९० नेटवर्कमा हरेक मंगलवार र शुक्रबार राती ९ बजेको "नेपाल खवर" पछि प्रस्तोता "अच्युत घिमिरे" को सुन्दर तथा कर्णप्रिय प्रस्तुतीमा बरिष्ठ साहित्यकारहरुका उत्कृष्ठ रचनाहरु प्रसारित हुने कार्यक्रम "श्रुती संबेग" मा प्रसारित वरिष्ठ साहित्यकार "कृष्ण धराबासी" द्वारा लिखित बहुचर्चित उपन्यास "राधा" सुन्नुहोस या "डाउनलोड" गर्नुहोस |
२०६२ सालको "मदन पुरस्कार" ले सम्मानीत हुन सफल राधा उपन्यास आजभन्दा एक युग पहिलेको अर्थात द्वापर युगको को कथालाई नेपाली माटो र परिवेश सुहाउने गरि यसरी प्रस्तुत गरिएको छ कि,हरेक नेपाली श्रोता या पाठकहरुलाई (विशेष गरि ग्रामीण परिवेशको) यो उनिहरुले आफैले भोगेको,देखेको या सुनेको आफ्नै वर्तमान परिवेश जस्तै लाग्ने छ | यो उपन्यासमा तत्कालिन पौराणीक युद्धको बिम्ब नेपालको द्वन्दसँग मिसाउन खोजिएको छ | यो उपन्यासको अझै महत्वपूर्ण पक्ष के हो भने यो उपन्यासले वर्तमानमा रुढले ग्रस्त हाम्रो समाजमा नारीबादी स्वरहरुलाई मुखरित गर्न खोजेको छ | प्रेम,यौन र युद्धलाई नजिकबाट नियाल्ने प्रयास गरेको यो उपन्यासका बारेमा थप जानाकारी पाउन यस्को श्रवण या पठन नै गर्नु पर्ने हुन्छ | उज्यालो ९० नेटवर्कको अफिसियल वेबसाईट www.unn.com.np मा भेटिएका राधा उपन्यासका बिभिन्न १६ भागका श्रृङ्खलाहरुलाई एकै भागमा मर्ज गरि सुन्न या डाउनलोड गर्न मिल्ने व्यवस्था मिलाएको छु | कुनै पनि प्रतिकृया,सुझाव या सल्लाह भए अवश्य जनाईदिनुहोला ||
ठूलो साईजको फाईलहरु डाउनलोड गर्न यो लिङ्कमा गै Download Accelerator Plus नामक फ्रि सफ्टवेयर डाउनलोड गरि इन्सटल गर्नुहोस |जस्ले गर्दा हजुरको "डाउनलोड स्पिड" बढ्नुका साथै यदि कुनै कारणले डाउनलोड इन्टरप्टेड भएमा फेरि रिज्युम गर्न पनि सकिन्छ |