Main » 2012»July»28 » विश्वबिख्यात अमर प्रेम कथा "लैला-मजनु" | World famous Love Story "Laila-Majnu"
6:29 AM
विश्वबिख्यात अमर प्रेम कथा "लैला-मजनु" | World famous Love Story "Laila-Majnu"
कृति : लैला मजनु बिधा : कथा श्रोत : Times F.M 90.6 Mhz को कार्यक्रम "कथा भित्रका गितहरु"
टाइम्स एफ.एम ९०.६ मेघाहर्ज को कार्यक्रम "कथा भित्रका गितहरु" मा प्रसारण भएको विश्वबिख्यात प्रेम कथा "लैला मजनु" सुन्नुहोस या डाउनलोड गर्नुहोस |
सच्चा र निश्वार्थ प्रेम शब्द यति व्यापक र गहिरो र दुर्लभ छ कि भनिन्छ यस्तो प्रेम संसारका कमै भाग्यमानीले मात्र पाउँछन | आजकल सामान्य शारिरिक आकर्षण लाई मात्र "प्रेम" सम्झने प्रबृति बढ्दै गएको हामी पाउँछौ जस्ले गर्दा प्रेम जस्तो विशाल शब्द को अर्थ संकुचन हुन गएको हो कि जस्तो आभाष हुन थालेको छ | यद्दपी आजभोली पनि सच्चा प्रेमको उदाहरण दिने प्रेमी प्रेमीकाहरु पनि हाम्रो समाजमा देख्न र सुन्न नपाईने भने होइन | भनिन्छ सच्चा प्रेममा जति धेरै प्राप्ति हुन्छ त्यो भन्दा धेरै निष्ठा,इमान्दारी,त्याग र समर्पण हुनुपर्दछ | सच्चा प्रेम अन्धो हुन्छ अर्थात प्रेमले धनी-गरिव,जात-भात,ठूलो-सानो,नजिक-टाढा,सपाङ्ग-अपाङ्ग केही पनि भन्दैन |तर समाजमा व्याप्त बिभिन्न बाधा र अड्चनका कारण कतिपय प्रेमी जोडीहरुको प्रेम धरापमा पारिएको हामी देख्न,सुन्न र कतिपय अवस्थामा भोग्न पनि पाउँछौं |भनिन्छ प्रेम अमर हुन्छ,प्रेमी प्रेमीकाहरुका भौतिक शरिर सँगै नभए पनि उनिहरुको मन र माया सँधै सँगै हुन्छ,एउटा जुनीमा प्राप्त नभएको प्रेम प्राप्त गर्न मान्छेले तेतिञ्जेल अर्को जुनी लिन्छ जतिञ्जेल उनिहरुको मिलन हुँदैन | यस्तै अमर प्रेमका कुराहरु हामी पौराणीक कथाहरुमा तथा हाम्रै समाजमा प्रचलित प्रेमकथाहरु जस्तै "मुना-मदन","रोमियो-जुलियट","लैला-मजनु" आदीमा पढ्न पाउँछौं | समाजमा प्रचलित यस्ता प्रेमकथाहरु तपाँई-हामीमध्य कतिपयले पढेका या सुनेका हुन सक्छौ तर कतिपयले बिबिध कारणबस त्यो अवसर नपाएका हुन सक्छौ | त्यसैले त्यस्ता अमर प्रेमकथा हरु मध्य "लैला-मजनु"को कथा यहाँ प्रस्तुत गरेको छु |टाइम्स एफ.एम.को वेबसाईटमा भेटिएको बिभिन्न ३ भागमा रहेको प्रसारणलाई एउटै भागमा मर्ज गरि सुन्ने या डाउनलोड गर्ने व्यबस्था मिलाएको छु | कुनै पनि सल्लाह,सुझाव वा प्रतिकृया भए जनाईदिनुहोला ||
ठूलो साईजको फाईलहरु डाउनलोड गर्न यो लिङ्कमा गै Download Accelerator Plus
नामक फ्रि सफ्टवेयर डाउनलोड गरि इन्सटल गर्नुहोस |जस्ले गर्दा हजुरको
"डाउनलोड स्पिड" बढ्नुका साथै यदि कुनै कारणले डाउनलोड इन्टरप्टेड भएमा
फेरि रिज्युम गर्न पनि सकिन्छ |