फेसबुकको सर्वब्यापी लोकप्रियता बढेसँगै यसको गलत प्रयोग गरि आफ्नो स्वार्थपुर्ति गर्नेहरुको संख्या पनि दिनानुदिन बढ्दो छ | त्यसैले होला फेसबुकमा दिनानुदिन नयाँ नयाँ Virus तथा Malware हरु देखा पर्न थालेका छन | त्यस्ता Virus तथा Malware हरु बिभिन्न प्रकृतिका हुन्छन र तिनिहरुले गर्ने कृयाकलापहरु पनि फरक फरक हुन्छन | कसैले व्यक्तिका फेसबुक एकाउण्ट ह्याक गर्छन भने कसैले आफ्ना साथीका वालहरुमा बिभिन्न अश्लिल कुराहरु पोष्ट गर्छन भने कसैले व्यक्तिगत विबरणहरुको गलत प्रयोग गर्दै अपैसा माग्ने,असुल्ने आदी गर्दछन | त्यसैले फेसबुकमा आकर्षक नारा दिएका अफर तथा इन्भाईटेशन लाई कहिले पनि तुरुन्त विश्वास गरेर खोल्ने वा एसेप्ट गर्ने नगर्नुहोला | यहाँ मैले म आफै शिकार भएको "Facebook Red" नामक Malware को बारेमा केहि जानाकारी दिँदैछु |