आज भन्दा करीब २३०० बर्ष पहिले जन्मिएका चाणक्य "कौटिल्य" को नामले पनि चिनिन्छन | उनि भारतीय राजनीति र अर्थशास्त्रको पहिलो विचारक पनि मानिन्छन । पाटलिपुत्र (पटना)को शक्तिशाली नन्द वंशको अन्त्य गर्न र आफ्नो शिष्य चन्द्रगुप्त मौर्यलाई त्यहाँको राजा स्थापित गर्नमा चाणक्यको अहम योगदान रह्यो । ज्ञानको केन्द्र तक्षशिला विश्वविद्यालयमा आचार्य रहेका चाणक्य राजनीतिको चतुर खेलाडी थिए र त्यहि कारण उनको नीति कोरा आदर्शवादमा हैन कि व्यावहारिक ज्ञानमा टिकेको छ ।
आचार्य चाणक्य एक यस्ता महान विभूति थिए, जसले आफ्नो विद्धता र क्षमताको बलमा भारतीय इतिहासको धार परिवर्तन गरिदिए । मौर्य साम्राज्यको संस्थापक चाणक्य कुशल राजनीतिज्ञ, चतुर कूटनीतिज्ञ, प्रकाण्ड अर्थशास्त्रीको रूपमा पनि विश्वविख्यात भए। उनि द्वारा भनिएका सिद्धान्त र नीतिहरू यति धेरै समय पछि पनि उत्तिकै प्रासंगिक तथा सान्दर्भिक लाग्दछन | उनका वाणीहरु आफ्नो जीवानानुभ परिवर्तन गर्ने देखि लिएर पूरा तरिकाल
... Read more »