आजको युग सुचना प्रविधिको हो ।
द्रुतदर र अकल्पनिय रुपमा सुचना प्रविधिमा भैरहेको बिकाशका कारण आज विश्व
दिनप्रतिदिन साँघुरिदै गैरहेको छ । सुचना प्रविधिका आश्चर्यजनक
उपलब्धीहरुमध्य कम्प्युटर सर्वश्रेष्ठ हो भन्ने कुरामा कसैको दूईमत नहोला ।
यत्र तत्र सर्वत्र प्रयोग भै रहेको कम्प्युटरको प्रयोग बिना हाम्रा
दिनप्रतिदिनका धेरै कार्य सम्पादन गर्न असम्भवप्राय छ । आर्थिक,राजनितीक,सामाजिक बिकाशमा अत्यन्तै पछि परेको
नेपाल पनि सुचना प्रविधिको विश्वब्यापीकरणको प्रभावबाट भने अछुतो रहन सकेको
छैन । नेपालका प्राय सबै सरकारी,गै-ह सरकारी तथा निजि संघ
संस्था,वित्तिय,स्वास्थ्य,शैक्षिक संस्थान आदीमा कम्प्युटरको प्रयोग दिन
प्रतिदिन बढ्दै गएको छ भने व्यक्तिगत रुपमा कम्प्युटर तथा इमेल इन्टरनेटको
प्रयोगकर्ताहरु पनि दिनप्रतिदिन बढ्दै गएका छन । जसरी कम्प्युटर
प्रयोगकर्ताहरु बढेका छन, त्यहि अनुपातमा उचित व्यबस्थापन तथा सतर्कताको
अभावमा कम्प्युटर प्रयोगकर्ताको आँखा स्वास्थ्यमा पनि प्रतिकूल असर पर्न
गएको देखिन्छ । त्यसैले प्रस्तुत छ,उचित व्यबस्थापन तथा सतर्कता बिना लामो
समय कम्प्युटरको प्रयोग गर्दा आँखामा हुन जाने समस्या " कम्प्युटर भिजन सिन्ड्रोम " (
Computer vision syndrome
)तथा त्यसको रोकथाम सम्बन्धि जानाकारी
:-
मानव आँखा आकारमा सानो भएतापनि यसको बिस्तृत अध्ययन तथा अनुसन्धान गर्ने हो भने मानव शरिरका अन्य अंङ्ग प्रत्यङ्ग भन्दा यसको बनोट तथा प्रकृति जटिल तथा असाधारण खालको छ । मेडिकल साईन्समा धेरै अध्ययन तथा अनुसन्धान गरिने तथा पुस्तक प्रकाशित हुने अंङ्ग आँखा नै हो ।प्रस्तुत छ मानव आँखा सम्बन्धि केहि रोचक तथ्यहरु :-
* मानव शरिरको सबैभन्दा पातलो छाला आँखाको ढकनीमा हुन्छ ।
* सामान्यतया मानव आँखा १२ देखि १६ पटक प्रतिमिनेट झिम्किन्छ । बिभिन्न रोग तथा अवस्थामा यो दर घट्ने या बढ्ने हुन सक्छ ।
गर्मी समयमा आँखामा
हुने एलर्जी ( Spring Catarrh ) र यसको रोकथाम तथा उपचार
तपाँई हामी मध्य धेरैले विशेष गरि गर्मी समयमा
आँखा चिलाउने समस्याको बारेमा देखे,सुनेका वा भोगेका हुन सक्छौ । विशेष गरि
बच्चाहरुमा बढी देखा पर्ने यस्तो समस्या के कारणले गर्दा हुन्छ र यसको
रोकथाम तथा उपचार के हुन सक्छ भन्ने कुरा तपाँई हामी कमैलाइ मात्र थाहा हुन
सक्छ । त्यसैले प्रस्तुत छ,गर्मी समयमा आँखामा हुने एलर्जी र यसको रोकथाम र
उपचार बारेमा केही जानाकारी ।
१ ) परिचय :- सामान्यतया
विबिध बातावरणीय तत्व ( धुलो,हावा,धुवाँ र विशेषगरी घाम वा सुर्यको किरण आदि )को प्रभावले आँखामा उत्पन्न
हुने प्रतिक्रिया ( Reaction ) लाई नै एलर्जी भनिन्छ । हुनत यि बाहेक अरु
कारण जस्तै आँखामा गलत औषधीको प्रयोग,रासायनिक पदार्थ सँगको संसर्ग,विषालु
किरा आदीको टोकाइ ( यस्ता कारणहरु धेरै हुन सक्छन )आदी को कारण बाट पनि
आँखामा एलर्जि हुन्छ । तर यहाँ गर्मी समयमा हुने एलर्जीको बारेमा मात्र
जानाकारी दिइएको छ । गर्मी समयमा हुने एलर्जीको मुख्य कारक तत्व भनेको
प्रचण्ड गर्मी,धुलो,सुख्खापन,घाँस वा फुलबाट निस्कने कणहरु आदी नै हुन ।
यस्तो एलर्जी दुबै आँखामा एकैसाथ हुन्छ ।