Welcome Guest | RSS




Site menu
Section categories
My articles
आँखा स्वास्थ्य
Free web stuffs
User's Articles
नेपाली राशिफल

© Nepali horoscope
Website Poll
Rate my site
Total of answers: 63
Statistics

Total online: 1
Guests: 1
Users: 0
Tags
Nepal Freeware Mount Machhapuchhre Business Ocular Disorder Phewa Taal Phewa Lake Eye Health Ophthalmology calculator Human Eye Ophthalmology Facts Make money online Mount fishtail Computer and Eye Free web stuffs Free web animations Kaski Annapurna Himalayan Range freeware software 3D Graphics Free file uploading animation आँखा स्वास्थ्य मानव आँखा Desktop Cosmetic Tools Screensavers Free Screensaver maker Desktop Management बिचार रोचक Cosmetic Tools समसामयिक मेडिया Application Launcher technology मनोरञ्जन कला साहित्य धर्म संस्कृति Nepali Ringtones Sworoop Raj Acharya न्यूज Anjana Gurung Anju Panta Puspa Basnet Facebook Nepali MP3 Ringtones misc Hindi mp3 Ringtone Hindi Mp3 Ringtones nature Nepali MP3 Ringtone Deepak Limbu Ramkrishna Dhakal Nepali Film National Justin Biber Classical Old optical illusion 3d After Image 3gp video Dhamaal Mordern Uday Sotang Desktop Wallpaper Graphics Creator icons Photoshop Frames Editor Medical Health Education Geography Freeware Business Software Freeware Accounting Software Kathmandu Surgical Eye Camp Myagdi Arthunge Baglung Kaligandaki River Parbat My creation wallpaper animal Abimal computer Inspirational Pictures Dhaulagiri Galeshwordham Kaligandaki Kusma mustang humor Inspirational
New Members

Aaroham Resort Male

Registration Date:- 2023-January-02

MERO NEPAL Female

Registration Date:- 2021-September-26

alghadir 4550 Female

Registration Date:- 2020-September-05

Paras Manii Khatiwada Female

Registration Date:- 2020-August-26

Santosh Adhikari Female

Registration Date:- 2020-May-18
What can I do 4 u
Main » Articles » आँखा स्वास्थ्य

मानव आँखा सम्बन्धि केहि रोचक तथ्यहरु

मानव आँखा सम्बन्धि केहि रोचक तथ्यहरु


मानव आँखा आकारमा सानो भएतापनि यसको बिस्तृत अध्ययन तथा अनुसन्धान गर्ने हो भने मानव शरिरका अन्य अंङ्ग प्रत्यङ्ग भन्दा यसको बनोट तथा प्रकृति जटिल तथा असाधारण खालको छ । मेडिकल साईन्समा धेरै अध्ययन तथा अनुसन्धान गरिने तथा पुस्तक प्रकाशित हुने अंङ्ग आँखा नै हो ।प्रस्तुत छ मानव आँखा सम्बन्धि केहि रोचक तथ्यहरु :-

 


* मानव शरिरको सबैभन्दा पातलो छाला आँखाको ढकनीमा हुन्छ ।


* सामान्यतया मानव आँखा १२ देखि १६ पटक प्रतिमिनेट झिम्किन्छ । बिभिन्न रोग तथा अवस्थामा यो दर घट्ने या बढ्ने हुन सक्छ ।


* कतै कतै आँखाको नानी ( Cornea ) लाई नबढ्ने अंङ्गको रुपमा बर्णन गरिएको पाइन्छ । तर यो सत्य होइन किनभने यो २५ देखि ३० बर्षको उमेरसम्म बढ्छ त्यसपछि अति कम मात्र बढ्ने या बढ्न रोकिने हुन्छ । माईनस पावर(Minus power)को चस्मा लगाउने व्यक्तिको पावर बढ्दै जाने कारण पनि यहि हो । बास्तवमा आँखाको नानी ( Pupil ) भनेको आँखाभित्र हुने आईरिस (Iris)भन्ने मांसपेशीको बिचमा हुने खाली प्वाल मात्रै हो ।


* भर्खर जन्मेको बच्चाको सामान्य आँखामा +२D देखि +३D को पावर लाग्ने हुन्छ । जुन पछि आफै ठिक हुन्छ ।


* बच्चा जन्मेको केहि दिनपछि आँसुको उत्पादन शुरु हुन्छ । आँखामा २ प्रकारका ग्रन्थीहरुले आँसुको उत्पादन गर्छन । एकथरी ग्रन्थीले रुँदा,केहि वस्तु आँखामा पर्दा,घोच्दा वा यस्तै केहि कुराले उत्तेजित हुँदा मात्र आँसु उत्पादन गर्छ भने अर्कोथरी ग्रन्थीले लगातार आँखामा आँसु उत्पादन गरिरहेको हुन्छ । आँखामा उत्पादन हुने आँसु विभिन्न रोग वा अवस्थामा घट्ने या बढ्ने हुन्छ ।


* मानिसको आँखाको सेतो भाग तथा ढकनीको भित्रपट्टीको भागमा एउटा पातलो झिल्लिले ढाकेको हुन्छ । यसलाइ Conjunctiva भनिन्छ । यसको स्पर्ससँगको संवेदनशिलता शरिरको अन्य भागको छालाको भन्दा करिव १०० गुणा बढि हुन्छ । त्यसै गरी आँखाको Cornea ( कालो नानी )Conjunctiva भन्दा १०० गुणा बढी संवेदनशिल हुन्छ ।


* आँखाको नानी ( Cornea ) मा कुनै रक्तसञ्चार र रक्तनलीहरु हुँदैनन । यो पारदर्शक हुन्छ ।


* दान गरेको आँखा प्रत्यारोपण गर्दा पुरै आँखाको डल्लो प्रत्यारोपण गरिने होइन । दाताको कालो नानी ( Cornea ) मात्र प्रत्यारोपण गरिन्छ । आँखाको कालो नानी मा फुलो परेको वा अन्य त्यस्तै रोग लागेको तर आँखाको भित्रि भागहरु राम्रो अवस्थामा भएको आँखामा नानी प्रत्यारोपण गरेर अन्धोपन हटाउन सकिन्छ । तसर्थ सबैखाले अन्धोपनलाइ आँखा प्रत्यारोपण गरेर हटाउन सकिदैन ।


* आँखाको रंग ( कालो,निलो,खैरो आदी ) आँखाभित्र हुने आईरिस भन्ने मांसपेशीमा पाइने Melanocytes र Fibroblast भन्ने तत्वको घनत्वमा भर पर्दछ । यो धेरै र बाक्लो भएमा आँखा कालो या खैरो हुन्छ । कम र पातलो भएमा आँखा निलो वा कुहिरो हुन्छ ।


* शरिरको रक्तनलीहरुमा रक्तचाप ( Blood Pressure )भएजस्तै आँखामा पनि चाप ( Intra-ocular Pressure )हुन्छ । जुन सामान्यतया १० देखि २१ mm of Hg हुन्छ । आँखाको चाप बढेमा जलबिन्दु हुने सम्भावना एकदमै बढि हुन्छ ।


* आँखाको रेटिनामा रड ( Rod )र कोन ( Cone )नामक सेल पाईन्छन । रड सेलले अध्यारोमा आँखा देखाउने तथा कोन सेलले उज्यालोमा देखाउने तथा रंग छुट्याउने काम गर्छन ।


* आँखाले हेरेको वस्तुको आकृती आँखाको पर्दा ( Retina )मा उल्टो हुन्छ तर दिमागले यस्तो आकृतीलाई सुल्टो बनाउँछ । त्यस्तै एउटै वस्तुको आकृती दूईवटा आँखाको पर्दामा एक एक वटा बनेको हुन्छ तर दिमागले दूईवटा आकृतीलाई फ्यूजन ( Fusion )गरेर एउटै बनाउने हुनाले वस्तु एउटै देखिन्छ ।


मानव आँखामा यस्ता रोचक कुराहरु धेरै छन । सबै कुरा जान्नको लागि आँखाको बिस्तृत अध्ययन जरुरि हुन्छ ।

Category: आँखा स्वास्थ्य | Added by: bijayapaudel (2010-May-15) | Author: Bijaya Paudel E W
Views: 1195 | Comments: 1 | Tags: Human Eye, Ophthalmology Facts, Eye Health, Ophthalmology | Rating: 5.0/4

Sponsors
Search
Login to This Site
Welcome, Guest!

Nepali Calendar


© Nepali Panchang
आजको दिन
नेपाली रेडियो
Banner Exchange



Copy the code below and paste wherever in your page you want banner to be appeared.

If you want your banner to be appeared in this website,feel free to Contact me including your banner code.
My Other Sites
  • bijaya.webs.com
  • Listen Songs
    Shout Box
    300
    Date Converter
    Weight Loss Tips
    loading...
    Copyright Bijaya Paudel Beni-6 Myagdi Nepal© 2026