लालीगुराँस सुनाखरी जाई जुही फुल्थ्यो यहाँ सुन्दर ती फाँटहरुमा गौरी झिनुवा झुल्थ्यो यहाँ ।। तर आज जताततै बम बारुदको तुँवालो फुलेका छन यत्र तत्र शस्त्र अस्त्र गोलीका माला झुलेका छन ।।
धर्तीहरु रुख बृक्ष र फूलको गहना लाउँथे यहाँ हरियाली जंगलमा डाँफे मुनालहरु गाउँथे यहाँ ।। तर आज धर्तीहरुमा असंख्य घाउ लाएका छन बस्तीहरु भावविव्हल भै कारुणिक गीत गाएका छन ।।
अती सुन्दर यो धर्तीमा स्वर्गदुत सयर गर्थे यहाँ चुम्न भनी यो धर्तीलाई मोती दाना झर्थे यहाँ ।। तर आज जताततै यमदूत सयर गरेका छन कलकलाउँदो मूनामाथी वज्रहरु झरेका छन ।।
पर्वतराजको वक्षबाट कञ्चन जल बग्थ्यो यहाँ यो धर्तीसामु विश्वसारा बुद्धको छायाँ माग्थ्यो यहाँ ।। तर आज जताततै मानवरक्त बगेको छ यो धर्तीले विश्व सामु दयाको भिख मागेको छ ।। -बिजय पौडेल
यो कबिता मैले द्वन्दकालमा लेखेको हुँ । नराम्रो भएपनि यहाँ पब्लिस गरेको छु । कृपया सुझाब,सल्लाह दिन नबिर्सिनु होला ।
|