आजको खेलको हिरो "शक्ती गौचन",प्लेयर अफ द सिरिज "कप्तान पारस खड्का" लगाएत सम्पूर्ण "नेपाली क्रिकेट टिम"लाई युएई मा भर्खरै सम्पन्न भएको एसीसी ट्रफी ईलाईट च्याम्पियन्स २०१२ मा आयोजक युएई सहित उपाधी चुम्न सफल भएकोमा धेरै धेरै बधाई !!! नेपाली क्रिकेट र क्रिकेटरहरुको बिकाश,उत्थान,प्रबर्धन लगाएतका कामहरुमा सरकार र सम्बन्धित सरोकारवालाहरुको यथोचित ध्यान नपुगिरहेको बर्तमान परिप्रेक्षमा नेपाली क्रिकेट टिमको एकपछि अर्को गर्दै आइरहेको सफलता अति नै प्रशंसनिय त छँदैछ सरकार र सम्बन्धित सरोकारवालाहरुलाई नेपाली क्रिकेट टिमको यस्तो साखलाई कायम राख्न तथा भविष्यमा अझै सन्तुलित तथा सशक्त बनाउँदै लैजानुपर्ने चुनौती पनि थपिएको छ | देशको हरेक अंग प्रत्यङ्गहरुमा हावी भैरहेको राजनीतिे नेपालको क्रिकेटमा भने हावी हुन नपाओस र नेपाली क्रिकेटले यसरि नै सफलताको सिँढी चढ्दै नेपालले पनि छिट्टै वर्ल्डकप खेल्ने मात्र नभई वर्ल्डकपको ट्रफी चुम्ने सम्मको सफलता पाओस ! नेपाली क्रिकेट टिमलाई मेरो हार्दिक शुभकामना !!!
नेपाल
नेत्र ज्योति संघ जिल्ला शाखा बाग्लुङ्को आयोजना,हरिचौर आँखा क्लिनिक
सञ्चालन समितिको स्थानिय ब्यबस्थापन तथा हिमालय आँखा अस्पताल पोखरा र आँखा
उपचार केन्द्र बाग्लुङको प्राबिधिक सहयोगमा यहि असोज २० र २१ गते हरिचौर
प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर गल्कोटमा " नि:शूल्क आँखा अप्रेशन
शिबिर" हुने भएको छ | उक्त नि:शूल्क आँखा अप्रेशन शिबिरमा बिशेषत
मोतियाबिन्दुको अप्रेशन हुने भएकोले मौकाको फाईदा उठाउनुहुन सम्बन्धित
सबैमा हार्दिक अनुरोध गरिन्छ | बिशेषत यो क्षेत्रका महानुभावहरुले यो
सन्देश सेयर गरि सबैलाई सु-सुचित गर्ने कार्यमा सहयोग गरिदिनुहोला |
सर्जन : हिमालय आँखा अस्पताल घारिपाटन पोखराका मेडिकल डाइरेक्टर,बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा. ईन्द्रमान महर्जन
... Read more »
आज बिहानै फेरि अर्को हृदयबिदारक हवाई दुर्घटनाको बारेमा सुन्नु प-यो | काठमान्डौंको त्रिभुवन अन्तराष्ट्रिय बिमानास्थलबाट १२ जना बिदेशी पर्यटक र ४ जना नेपाली यात्रु लिइ लुक्लाको लागि उडेको सिता एअरको डोर्नियर विमान बिहान ६ बजेर १७ मिनेट जाँदा त्रिभुवन विमानस्थल नजिकै मनोहरा खोला किनारमा दुर्घटना हुँदा चालक दलका ३ सदस्य सहित १९ जनाको मृत्यु भएको छ । समाचार श्रोतका अनुसार उडेको १ मिनेटमै बिमानमा खराबी उत्पन्न भएकोले चालकले मनोहरा खोला किनार सुकुम्बासी बस्ती नजिकैको खाली ठाउँमा विमान सकुशल अवतरण गराएका थिए तर बिमानमा लागेको आगोको कारण सबैले ज्यान गुमाउनु प-यो | राजनैतिक अस्थिरता र राजनैतिक अतिक्रमणले आकुल ब्याकुल बनेको नेपालमा यसरी पटक पटक बिदेशी पर्यटकहरुको ज्यानै जाने गरि भैरहेका हवाई दुर्घटनाहरु कम गर्ने प्रति सम्बन्धित निकायहरुको ध्यान पुग्न नसकेको कुरा आजको अर्को हवाई दुर्घटनाले पुष्टि गरेको छ | नेपालको प्राकृतिक सौन्दर्यतालाई सम्झेर नेपाल आउने बिदेशी पर्यटकहरु कतिञ्जेल यसरी हवाई दुर्घटनामा परि अकालमा ज्यान गुमाउन पर्ने हो ? दुर्घटना भन्ने कुरा क
... Read more »
स्वर्गाहरण
पश्चात "गोहीको आँशु" झार्ने तथा बिबिध सम्मानले सम्मानले सुसज्जित गर्ने
तर बाँचुञ्जेल केही नगर्ने नेपालको प्रचलित सरकारी चाला बरिष्ठ
गणतन्त्रबादी नेता स्व. रामराजाप्रसाद सिँहप्रती पनि लागु भयो भन्ने कुरामा
कसैको दुईमत नहोला | तर देशभक्त नेता स्व. रामराजाप्रसाद सिँहले भने
जाँदाजाँदै पनि देशलाई कंगाल बनाउने "नेपाल बन्द" को बिरोध गर्दै ब्यक्तीगत
स्वार्थको मात्र पछि पर्ने नेता तथा कार्यकर्ताहरुलाई त्यसो नगरी देशको
सर्बाङ्गीन हितको लागि सबै मिलेर अगाडी बढ्नुपर्ने सन्देश दिएर बिदा
हुनुभयो भन्ने मेरो ठम्याई छ | उहाँको मृत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारप्रती हार्दिक समबेदना प्रकट गर्न चाहान्छु |
सिनर्जी एफ.एम. ९१.२
मेघाहर्ज बाट प्रसारण हुने बिभिन्न
गीतसंगीतहरु,मनोरञ्जनात्मक कार्यक्रमहरु,ताजा तथा निष्पक्ष समाचारहरु लगाएत
सम्पुर्ण कार्यक्रमहरु अनलाइन सुन्नुहोस । कुनै
प्रतिकृया,सुझाव,सल्लाह भए
अवस्य जनाइदिनुहोला ।